INFO CENTER // सागका योजनाकार शरदचन्द्र शाहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
कान्तिपुर संवाददाता

लामो समय नेपाली खेलकुदको नेतृत्व सम्हालेका शरदचन्द्र शाहलाई मंगलबार पल्सर स्पोर्टस अवार्डको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनलाई मरणोपरान्त यो सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय खेलकुद, नगरपालिका खेलकुद र दक्षिण एसियाली खेलकुद(साग)को योजनाकार नै शाहलाई मानिन्छ । सन् ८० र ९०को दशकमा उनी नेपाली खेलकुदमा सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्तित्व रहे ।

भौतिक पूर्वाधार र खेल मैदान निर्माणलाई उनले आफ्नो कार्यकालमा तीव्रता दिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका रूपमा उनले २०३४ देखि २०४५ सम्म नेतृत्व सम्हाले ।

उनी नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा पनि रहे । शरदचन्द्र शाहाको कार्यकाललाई अहिलेसम्म पनि स्वर्णिम काल मान्ने धेरै छन् । उनको ०६९ को असार ५ मा सिंगापुरमा निधन भएको थियो ।

(साभार: कान्तिपुर )

JUST IN
© 2025 SHARAD CHANDRA SHAHA MEMORIAL FOUNDATION. ALL RIGHTS RESERVED.